गल्कोट समाज यूके संस्थागत रूपमा स्थापना भएको आठ वर्ष सफलतापूर्वक पूरा गरी नवौं वर्षमा प्रवेश गर्न लागेको यस अवसरमा, हामीले समाजको नवौं वार्षिकोत्सव एक विशेष सांस्कृतिक समारोहका साथ सोमबार, २८ जुलाई २०२५ का दिन मनाउने तयारी गरेका छौं।
सम्पूर्ण नेपाली समुदायलाई यस विशेष उत्सवमा सहभागी भई कार्यक्रमलाई भव्य बनाउन हार्दिक आमन्त्रण गर्दछौं।
📅 मिति: सोमबार, २८ जुलाई २०२५
⏰ समय: दिउँसो ४:०० बजे देखि राति ११:०० बजे सम्म
📍 स्थान: The Conference Suite, 10 – 24 Thomas Street, West Bromwich, B70 6LY
गत आठ वर्षमा गल्कोट समाज यूकेले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, विपद् राहत तथा संस्थागत पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। नेपालदेखि बेलायतसम्मको सेवाको यो यात्राले हामीलाई अझ प्रेरणा दिएको छ।
यस विशेष अवसरमा निम्न आकर्षक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ:
🎤 मुख्य आकर्षणः
चर्चित गायिका रचना रिमाल
🎶 आमन्त्रित लोकप्रिय कलाकारहरू:
🎤 जुना श्रीस
🎤 देबी घर्ती
🎤 बालचन्द्र बराल
🎤 सिता परियार
🎼 साथमा:
गल्कोट क्षेत्रको मौलिक संस्कृति झल्काउने नौमती बाजा
बेलायतका चर्चित नेपाली डीजे
यहाँका प्रतिभाशाली कलाकारहरूका प्रस्तुति
स्वादिस्ट भोजन
तपाईंको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ उत्साहजनक र अविस्मरणीय बनाउने हाम्रो दृढ विश्वास छ।
धन्यवाद।